नेमारसहित पाँच खेलाडीले पाए रातो कार्ड



काठमाडौँ। स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १(० ले पराजित गरेको हो । फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो । खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले रातो कार्ड पाए । पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

पिएसजीका लिएनड्रो परेडेस र लेभिन कुर्जुवा र मार्सेका डानियो बेनेडेट्टो र जोर्डन अमाभवी झगडामा सामेल भएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । परेडेस र बेनेडेट्टोले दोहोरो पहेँलो कार्ड पाएका थिए ।

त्यसपछि नेमार पनि त्यसमा समावेश भए र उनले रातो कार्डको सामना गरे । भिएआर कन्सल्ट पछि नेमारलाई रातो कार्ड देखाइएको थियो। मैदान बाहिरिँदा नेमारले फोर्च अफिसियलसँग आफूलाई रेसिस्ट कमेन्ट भएको बताएका थिए । सन् १९८४(८५ पछि पिएसजीले पहिलो पटक लिगमा सुरुवाती दुई खेल हारेको हो ।