काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।
यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भार वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता, प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।