कालिकोट। अविरल वर्षाले क्षति पुर्याएको जिल्लाको नहरीनाथ गापा, शान्नी त्रिबेणी रापा र रास्कोट नपाका एक हजार बाढि र पहिरो पीडितले पहिलो पटक नगद राहत पाएका छन । साउन ७ गते देखि आएको निरन्तर वर्षाका कारण प्रभाबित घरपरिवारहरुले प्लान नेपालको आर्थिक सहयोग साझेदार संस्था सादा नेपालको सहजिकरणमा बिभिन्न चरणमा राहत पाएका छन । स्थानिय तहको समन्वयमा रास्कोट नगरपालिकामा तिनसय २८ घरधुरीका बाढि पिडितहरुले नगद पन्ध्र हजार राहत पाएका छन घरबारबिहिन भए पछि त्रिपालमा बास बस्न बाध्य भएका तथा जोखिममा रहेका पिडितहरुले थोरै भएपनि घर बनाउने नगद रकम हात हातमा पाउदा खुशी भएका छन । अबिरल बर्षाको त्रास संगै त्रिपालमा बास वस्नु पर्दाको पिढा सुनाउदै रास्कोट नगरपालिका –३ निवासि संगिता दर्जिले थोरै भएपनि घर बनाउन पाउने भयौँ,जमिनको नाममा एककित्ता जग्गा थियो । त्यहिपनि बाढिले बगाएर लगिसक्यो । त्रिपालकोे साहारामा बालवच्चा सहित परिवार वसिरहेका छौँ, खुसी हुँदै भनिन् अव बाँचिन्छ कि र ओत लागिन्छ कि भन्ने आशा पलाएको छ । पन्ध्र हजार पाए पछि घर बनाउने भयौँ भन्दै भत्केको घर निर्माणहुने भएपछी संगिता मात्र होइनन् बाढिले पुर्ण रुपमा घर भत्केर त्रिपालमा वसिरहेकी रास्कोट नगरपालिका –रंगिता लुवारले पनि हातैमा नगद पाउदा खुशि भइन। उनले भनिन् वर्षाले घर बगाएर छिमेकिका घरमा वास बसिरहेका थियौँ । अव पलानले दिएको नगद पन्ध्र हजारले भत्केको घर ठडिने भयो। बाढि पिडितलाई राहत वितरण गदै सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले, आफुहरु विपद्मा जस्तो सुकै कठिन परिस्थितीमा पनी प्लान लगायत दातृ निकायहरु संग सहकार्य गरेर राहत र उद्धारमा लागिपरेको बताए । उनले भने,‘ कालिकोटमा यतिमात्र होइन, पुर्ननिर्माणका कामहरुमा पनि स्थानिय सरकार संग समन्वय गरेर तत्काल संचालन गर्नु पर्ने देखिन्छ । समन्वय, सहकार्य साझेदारीको खाँचो महसुस गरिएको पिडितको दुख देख्दा भाबह्लि बनाएकोले थप कामहरु स्थानिय सरकारको समन्वयमा संचालन गर्ने तयारि गरिरहेको योगीले बताए । प्लान ईन्टरनेश्नल नेपालले कोरोना कहरदेखी बाढि पहिरो पिडितलाई द्रोसो पटक राहत वितरण गरिसकेको छ । यो जीबनकालकै कहाली लाग्दो र उदेक लाग्दो पिडा हो,। जस्ले कालिकोटका विभिन्न स्थानमा अहिले सम्मकै ठुलो धनजनको क्षति भएको छ ।
यस्तै रास्कोट नगरपालिकाका उप प्रमुख मिमसरा बम(शाही)ले बिश्वमै महाँमारिका रुपमा फैलिएको कोरोनाको कहरले आम नागरिकलाई त्रास बनाउदैगर्दा यस बाट बच्न सरकारले थालेको लकडाउन र बर्षासंगै आएको बाढि पहिरोले गरिब जनताहरुको घरबार बिहिन बनाएको छ । यो जटिल परिस्थितीको सामना गर्न र केहि नागरिकहरुको गास र वासको व्यवस्थापनमा प्लान नेपाल र सादा नेपालले नगर सरकार संग हातेमालो गर्दै बिभिन्न सहयोग गर्नमा अग्रसर भएको भन्दै सहयोगी सस्थालाई धन्यबाद समेत दिएकि छन । रास्कोटका अधिकांश वस्तीहरु पहिरोको उच्च जोखिममा रहेकाले जोखिम बस्तिका नागरिकको व्यवस्थापन गर्न नगर सरकारलाई ठुलो चुनौति रहेको उप प्रमुख बमले बताईन । उनले भनिन नगद राहत बितरणका लागि आएको सादा नेपालले पुरुषहरुको हातमा राहत रकम दिदा सहि सदुपयोग नहुन सक्ने भन्दै सम्पुर्ण महिलाहरुको हाता हातमा उक्त नगद राहत रकम दिदा निकै महिलाहरु खुहि हुनेगरेकाले सस्थाको यो निती प्रति आभार ब्यक्त गरेकिछन ।
यस्तै रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालका अनुसार,अहिले रास्कोटमा तिन सय ८१ घरहरु पहिरोको जोखिममा छन,। यसकोलागि केन्द्र सरकार र प्रदेश संग आग्रह गरेर वस्तीनै स्थानान्तरण गर्ने तयारि गरिरहेको बताए । उनले भने, ‘अहिले प्लान नेपालको सयोग र सादा नेपालको सहजिकरण र रास्कोट नगरपालिकाको समन्वयमा कोरोना कहरदेखि बाढी पहिरोको त्रास सम्म राहत बितरण गर्दे आई रहेको छ ।जुन नगरका लागि ठुलो सहयोग हो । पहिलो चरणमा अतिविपन्न परिवारका लागि नगद दुई हजार सात सय तिस, दोस्रो चरणमा बाढि पिडितहरुका लागि गैर खाद्य सामाग्री र तेस्रो चरणमा बाढि र पहिरो पिडितलाई नगद पन्ध्रहजार राहत दिएको छ । अझै पनि बाढिले क्षतिको प्रकृति हेरेर राहत वितरणको दायरा बढाउनु पर्ने भन्दै सहयोगी संस्थालाई नगर सरकारको तर्फवाट धन्यवाद दिए । अझै पनी विपद्को सामाना गर्न स्थानिय सरकारले मात्र सम्भब नहुने भन्दै गैरसरकारी संस्थाको सहयोगमा निरन्तरता सहितको हातेमालोको जरुरी भएको हुने बताए ।