नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्यस्तै केपी शर्मा ओलीलाई सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रस्ताव पास गरेको छ।

अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो। त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन्। नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाईसमेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ। सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ।