काठमाडौँ। वितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १,४५४ जना सङ्क्रमित र पाँच जना मृतक थपिएका छन्।
शुक्रवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१,९१९ र निको हुनेको सङ्ख्या ३६,६७२ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।
अहिलेसम्म नेपालमा ३२२ जनाको कोभिड(१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। अहिले नेपालमा १४,९२१ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६,६३४ घरमै छन् भने बाँकी ८,२९१ संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितहरूमध्ये १७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्। क्वारन्टीनमा ५,०७८ जना रहेका छन्। यो अवधिमा १०,७०१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमित कहाँका कति?
शुक्रवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ६२० जना रहेका छन्। भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी उपत्यकाका जिल्लामा कुल ६९६ जना सङ्क्रमित थपिएका छन्। त्यस्तै मोरङमा ४७, कैलालीमा ६७, मकवानपुरमा ५४, रूपन्देहीमा १०२, चितवनमा ७४ र सिराहामा ४२ जना सङ्क्रमित थपिएका छन्।