फोटो पत्रकारलाई राहत प्रदान



काठमाडौं। कोरोना सङ्क्रमणको न्यूनीकरणका लागि सरकारले विगत ६ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा फोटो पत्रकारलाई राहत स्वरुप २५ केजि चामल र १ केजी सोयाविन उपलब्ध गराइएको छ।                                                                          बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसुमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा १५ जना फोटो पत्रकारलाई चामल उपलब्ध गराएको हो।                                                                                            समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो । समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई समाजसेवीले उपलब्ध गराएको राहत उपलब्ध गराइएको जानकारी दिए ।                                                                                    राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक विके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो।                      राष्ट्रिय जनस्वास्थ विभाग टेकुको सहयोगमा काठमाडौंमा रहेको विभिन्न सन्चार संस्थामा कार्यरत १२५ जना फोटोपत्रकारको पिसिआर टेष्ट गराएका थिए ।