कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि



सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका १७ जनासहित कर्णालीमा थप २८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७१९ पुगेको छ।

प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका एक जिल्लाका गरी उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगसाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार २८ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित मध्य सुर्खेतका १७ जना, रुकुम पश्चिमका चारजना, सल्यान र दैलेखका दुईरदुईजना, जाजरकोट, मुगु र चितवनका एकरएकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप १४ जना कोरोनामुक्त भएका छन्। प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २३५४ पुगेको छ।

बुधबारसम्मा प्रदेशभर ३५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाएका छन्। कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ।