काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीको नाममा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन्।
बुधबार १०७औं बीपी जयन्तीको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले कोरोनाको नाममा सरकारले भ्रष्टाचार बाहेके सरकारले अर्को काम गर्न नसकेको टिप्पणी गरेका हुन्। उनले भने, ‘सरकारले कुनै चिन्ता गरेको छैन। कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन।’
सरकारले अझै पीसीआर परीक्षण नबढाएको र आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ। नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।