‘वर्तमान कांग्रेस वीपीको मार्गमा हिड्नुको विकल्प छैन’



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले कांग्रेसका संस्थापक वीपी कोइरालाले देखाएको बाटोमा वर्तमान कांग्रेस हिँड्नुको विकल्प नभएको दाबी गरेका छन्।

वीपीले राजनीतिमा त्याग, तपस्या र उदारताको पाठ सिकाएका स्मरण गराउँदै नेता शाहीले त्यसलाई सबैले मार्ग दर्शनका रुपमा लिनुपर्ने बताएका हुन्। वीपीको १०७औं जन्मजयन्तीको अवसरमा उनले भने, ‘नपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्वले ख्याल गर्नुपर्छ।’

तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो। विपीले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए।

भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका उनले २०३३ सालमा नेपाल फकिँदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ। नेता शाहीले जन्मदिन र मृत्युको दिन पारेर एक दुई दिनमात्र औपचारिक कार्यक्रममात्र गरेर उनको कदर हुन नसक्ने पनि बताए।