काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेलप्रति श्रद्धान्जली अर्पण गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा पुगेर प्रचण्डले मंगलबार बिहान वाग्ले र पोखरेलको तस्बिरमा श्रद्धासुमन अर्पण गरेका हुन्। प्रचण्डसँगै अन्य नेता कार्यकर्तापनि वाग्ले र पोखरेललाई श्रद्धासुमन व्यक्त गर्न पार्टी कार्यालय पुगेका थिए।
माओवादी जनयुद्धका क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले ९वासु० ले २०५६ साल भदौ २३ गते साहदत प्राप्त गरेका थिए।
उनको जन्म गोरखाको आँपपीपल गाविस–५ स्थित रातडाँडा भन्ने गाउँमा वि।सं। २०१० साल भाद्र २४ गते बुधबार भएको थियो। गरीब किसान परिवारमा जन्मिएका सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका रहेको जानकारहरु बताउँछन्।