कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी सचिवालय सदस्य कृष्णकला शाहीले अर्का सचिवालय सदस्य खेमबहादुर सिंहको षडयन्त्रका कारण आफ्नो चरिरत्र हत्या गरिएको स्पष्ट पारेकी छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकिय सचिव सिंहले आफ्नो लोकप्रियतालाई सिध्याउनका लागि आफूमाथि षड्यन्त्र गर्न लागेको बताएकी छन्।
केही समय पहिले शाहीमाथि महाबै गाउँपालिकाको लेटेर प्याड, प्रशासकीय अधिकृतिको हस्ताक्षेर गरेर आर्थिक चलगरेको आरोप लागेका समाचार प्रकाशित भएका थिए।
उनले उक्त समाचार प्रकाशित भएको केही समयपछि सोमबार समाचारको खण्डन खर्दै केही अन्य नेताको नाम तोकेर आफूमाथि षड्यन्त्र रचिएको दाबी गरेकी छन्।
सोमबार जारी प्रेस विज्ञप्ति
मुख्यमन्त्रीको मुख्य स्वकीय सचिव तथा नेकपा कालिकोटका सचिवालय सदस्य खेमबहादुर सिंहको जालझेल र षड्यन्त्रकै कारण मेरो राजनितिक चरित्र माथि हमला भएकोले यस विषयप्रति गम्भिर ध्यान आकर्षण गराएको छ। पार्टीभित्र सत्रुतापूर्ण लडाई लड्न सिपालु र हरुवा मानसिकताले ग्रसित खेमले आफू हावि हुनकै लागि जुम्ला जिल्ला पार्टी अध्यक्ष श्रद्देय क. वीरबहादुर कुँवर (सुरेश पहाडी)लाई बिभिन्न षड्यन्त्र गरेको कुरा घामझैं छर्लङ्ग छ।
प्रमुख स्वकीय सचिव हुनकै लागि गरेको घृणित प्रहारपछिको अर्को प्रहार नै मेरो बढ्दै गईरहेको राजनितिक छवि र जनप्रियताबाट डराएर बिगत केही बर्षदेखि षड्यन्त्रका अनेक जालहरु बुन्दै आईरहेकोले बर्तमान मिडियाबाट आएका समाचारहरु सवै भ्रम भएको र खेमले नै सवै बनिबनाउ पारेको कुरा आम जनमानसमा छर्लङ्ग पार्न चाहन्छु, साथै खेमले गरेका बिकृतिहरु यसै बिज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छु।
१. मुख्य मन्त्रीको पीएको तलब स्केल र भत्ता कतिहुन्छ भन्नेकुरा जग जाहेरै छ। मुख्य मन्त्रीको पद र शक्तिको दुरुपयोग गर्दै विभिन्न योजना र आयोजनाहरुबाट मनग्गे कमिशन उठाएर कालिकोट, सुर्खेतमा निजि घर घडेरीहरु खरिद गर्ने गरेको प्रष्टछ। सुर्खेतमा सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी घर ठडिनु पीएको तलव बाहेक अन्य कुनै पनि आयश्रोत केही छैन।
२. आफ्ना आदरणिय कमरेडको चरित्र हत्यासमेत गरेर क.बीरबहादुर कुँवर सुरेश पहाडीलाई मुख्यमन्त्रीको सचिवालयबाट हटाउन लगाएर सो स्थान आफै ओगटेदेखि, घुसखोरी, कमिशनतन्त्र, जालसाँधी गर्दै मुख्यमन्त्रीलाई समेत नैतिक संकट पार्दै आएको कुरा प्रष्ट छ। आउदै गरेको स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै अन्य बिरोधी शक्तिहरु भन्दापनि मलाई नै प्रतिस्प्रधी देखेर क. सुरेश पहाडी जस्तै षड्यन्त्र गरिरहेको कुरा अवगत गराउन आहन्छु।
३. सरकारी कर्मचारीहरु सरुवा बढवा गराई दिन्छु भन्दै लाखौं रकम घुस लिने गरेको, कमिशन नदिएपछि मानसिक यातना दिने गरेको , गाउँ पालिका निर्बाचित अध्यक्ष र कर्मचारीलाई समेत राजनितिक धम्की दिने र मुख्यमन्त्रीकै समेत पदको दुरुपयोग गरेको कुरा सर्बबित्तितै छ।
४. प्रदेश सरकार र संघिय सरकारबाट प्राप्त योजना, आयोजनाहरुको करोडौं रुपियाँ कमिशन उठाएको तथा चारित्रिक हिसावले नीच, सांस्कृतिक हिसावले छाडा, आर्थिक हिसावले भ्रष्ट र राजनितिक हिसावले अराजकताको पराकाष्टा प्रष्ट छ।
५. चरित्रहिन, कालिकोट त्रिरत्ना टेक्नीकल कलेजको नाममा संस्थागत हिनामिना गरेको, मान्ममा होटल गरेर बसेका कार्कीको श्रीमतीलाई बेबारिसे वनाएर वाल बच्चाको बिचल्ली पारेको, कालिकोट सदरमुकाममा उभिनसमेत नैतिकता नभएको अशोक सिंहलाई साथमा लिएर बेलाबेलामा झुठको खेती गरिरहेको व्यहोरा प्रष्ट पार्न चाहन्छु।