काठमाडौँ। लोकप्रिय गायक शिशिर योगीको स्वर/संगीत रहेको ‘बारले बाली खाने’ बोलको गीत बजारमा आएको छ। गीतको शब्द रचना चन्द्रशेखर अधिकारी र पुरुषोतम अधिकारीले गरेका हुन्।
गायक योगीले आवाज दिएका प्राय गीतहरु देशभक्त चेतका हुन्छन् भन्ने कुरा आम नेपाली दर्शकलाई जानकारी नै छ। यसै क्रममा योगीले देशको विद्यमान विकृति, विसंगती, अत्याचार, कुसंस्कार र पापी पराचिति र व्यभिचारीका विरुद्धमा ‘बारले बाली खाने’ बोलेको गीतमा आजाव दिएका छन्।
गायत तथा संगीतकार बीबी अनुरागीको संगीत संयोजन रहेको उक्त गीत हाइलाइट्स नेपालको युट्युव मार्फ बजारमा पठाइएको छ। बिग्रिएको मतीलाई कसले सपार्ने ? बाबुले छोरी नभन्ने, सन्तानहरुले बाआमा नभन्ने, शिक्षकले विद्यार्थी नभन्ने, दाजुभाइ नै बहिनीहरुको इज्जत नचिन्ने, यो कस्तो जमना ? के आयो जमना ? भन्दै गीत मार्फत प्रश्न गरिएका छन्।