जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाले डा. गोविन्द केसीलाई औषधि किन्न अस्पताल छिर्न नदिएको भन्ने विषयमा स्पष्टीकरण दिएको छ।
अस्पतालका निर्देशक डा. मंगल रावलले सनिबार उक्त बिषयमा प्रस्ट्यायका छ्न्।
सामाजिक संजाल फेशबुकमा निर्देशक रावलले प्रतिस्ठानमा केसिलाई गेटबाट पस्न नदिनुको कारण नबुझी समाचारमा आएको कुरा सत्य नरहेको स्पस्ट पारेका छ्न्।
उनले लेखेका छ्न्, “डा. केसी औषधि किन्न आउनु भएको हो कि के गर्न आउनु भयो ? त्यो कसैलाई थाहा छैन। तर, उहाँले भित्र पस्न खोज्दा गेट्मा रहेका सुरक्षाकर्मिले प्रसासनलाई सोध्नुपर्छ, एक्छिन पर्खनुहोस्, भन्दा नमानेर उहाँ फर्किनु भएछ अनि मिडियालाई मलाई पस्न दिएन भन्नू भएछ। कम्सेकम एक्छिन पर्खेको भए सबै कुरा साम्य हुन्थ्यो कि ?रावलले लेखेका छ्न्।
उनका अनुसार आफ्नोविरुद्ध केसीलाई अघि सारेर बद्नामी गराउने षड्यन्त्र भैरहेको दाबी गरेका छन्।
रावलले भने म डा. केसीको चौथो र पांचौ अनसनमा नेतृत्व गरेको मान्छे हु। जायज मागलाई समर्थन गरिन्छ। तर पछिल्लो क्रममा मागभन्दा बढी राजनितिकरण गर्न खोजियको होकि भन्ने आसंका ब्यक्त गरे। केसिले प्रतिस्ठान को लागि राखेको माग राम्रा छन। माग राख्दैमा सबै पूरा हुदैनन्। सरकरले चाहानु पर्छ होला। फिल्ड भिजिट गर्नु पर्ने होला। स्रोत साधनको आंकलन गर्नु पर्ने होला। अनि पो माग पूरा होलान हैन र रावलले प्रस्न गरे।
केहीदिन अगाडि केसीलाई प्रतिस्ठानमा औषधि किन्न पस्न नदिएको विषयमा अस्पताल निर्देशक रावलको ठाडो आदेशमा पस्न नदिएको आसयको समाचार बाहिरियपछी रावलले आफ्नो भनाई राखेका हुन्।
डा. रावल नेपाल सरकरको मेडिकल तहको ८ र ९औं तहको सरकारी जागिर छोडेर कर्णालीका जनताको सेवा गर्न करिब ८ वर्षदेखि कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानसंग जोडियर हाड जोर्नी बिसेसज्ञका रुपमा सेवारत छन्। डा. रावल नेतृत्वको टिमले यसै शैक्षिक सत्रदेखि प्रतिस्ठानमा एमडी एम एस स्तरको पढाइ गर्ने भनेर सरकरसंग अनुमती पनि लिइसकेको छ। गत वर्ष रावल नेतृत्वको टिमले कर्णालीका ८ जिल्लामा पुगेर २२ हजार ओपिडी र तीन सय चिकित्सकीय अप्रेसन सेवा दिएको थियो। रावलले डोल्पा बाहेक कर्णालिका सबै जिल्लामा पुगेर हाड्जोर्निको सल्यकृया गरिसकेका छ्न्।