कोरोना भाइरसबाट छ महिनासम्म निको नभएकी सङ्क्रमित



काठमाडौँ। मोनीक ज्याकसनलाई महामारी सुरु भएकै समयमा कोभिड १९ सङ्क्रमण भयो र छ महिनापछि पनि उनी बिरामी नै छन्।
यस्तो अवस्थामा रहेका हजारौँमध्ये एक उनले आफूलाई देखिएका लक्षण र निको हुने असफल प्रयासका चित्र कोर्दै सङ्कलन गरेर राखिरहेकी छन्।

एक वर्षअघि ज्याकसनले च्याउबारे एउटा प्रवचन हेरेकी थिइन् र त्यसबाट उत्साहित भएकी थिइन्।वक्ताले भनेका थिए कि ढुसी वास्तविक विश्वव्यापी सञ्जाल हुन् किनभने ती रूखको मुन्तिर फैलिन्छन् र रूखहरूलाई समस्या पर्दा सहयोग पुर्याउछन्।अहिले कोरोनाभाइरस सङ्क्रमणसँग लगातार २४औँ हप्तामा सङ्घर्ष गरिरहँदा उनले त्यो कुरा बारम्बार सम्झिरहेकी छन्।