‘नकु गाउँको पहिरो’ ठाडीभाकाको अडियो सार्वजनिक



काठमाडौं। कर्णालीका उदयमान युवा गायक महेन्द्र शाही राष्कोटीले “नकु गाउँको पहिरो” नामक मर्म स्पर्शी देउडा ठाडी भाका अडियो बजारमा ल्याएका छन् ।

गत श्रावण २९ गते राती महाबै गाउँपालिका वडा नं ३ को नकु गाउँमा गएको पहिरोले घर भत्किदा रज बहादुर बिष्टको दुई छोरा र दुई छोरी र उनका दाजु डिलबहादुर बिष्टका दुई छोरीको अकालमै ज्यान गएको थियो । पहिरोबाट ज्यान गुमाउनेहरुको सम्झनामा महाबै गाउँपालिका वडा नं ३ को विशेष सहयोगमा तयार भएको उक्त गीतमा रजबहादुर बिष्टको प्रस्तुती रहेको छ भने केशर सिंह अक्रोशको शब्द रचना र नवराज सिंह विवेकको लय रहेको छ ।

पहिरोमा परि एकै परिवारका ६ जनालाई गुमाउनु परेको दर्दनाक पिडालाई गायक रास्कोटीले ठाडी भाका मार्फत प्रस्तुत गरेका छन्। मृतकहरुलाई हृदयविधारक देउडा ठाडी भाका “नकु गाउँको पहिरो” मार्फत भावपूर्ण श्रद्धाञ्जली र पिडितहरुलाई सान्तवना दिने प्रयास गरेका छन् ।