कोहलपुर नगरपालिकाको कार्यालय सिल



कोहलपुर (बाँके)। बाँकेको कोहलपुर नगरपालिकामा एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ।

कोहलपूर नगरपालिकाको नगरकार्यपालिका अन्तर्गत हेल्पडेक्समा कार्यरत एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोहलपुर नगरपालिकामा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै नगर प्रमुखको अध्यक्षता बसेको आकस्मिक बैठकले भदौ १६ देखी १९ गते सम्मका लागि नगरपालिकाको कार्यालय सिल गर्ने निर्णय गरेको हो ।