बाँके। पछिल्लो समय सामाजिक सन्जालमा निकै भाइरल भएका अर्जुन बिकको जीवन कथामा आधारित गीत “रुने भयो काम” सार्वजनिक भएको छ।
मोहन खड्का र कमला पोखरेलको आवाज रहेको गीतमा सारिका केसी र अर्जुन बिकको अभिनय रहेको छ। शिव पौडेलको शब्द रहेको गीतमा गाएक स्वयमकै संगीत रहेको छ।
विक्रम चौहानले निर्देशन गरेको यो गीतलाई राजेस घिमिरले खिचेका हुन् भने शिव पौडेलले सम्पादन गरेका हुन्। गीतमा रहेका बाल कलाकार भाईरल ब्वाई अर्जुनका आफ्नै छोरा बिकास बिक हुन्।