काठमाडौँ। वितेको २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन्। त्यस्तै कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २२१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ।