अब चार हजार ४ सयमा कोरोना परिक्षण गर्न सकिने



काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ।

मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनले भनेका छन्, ‘सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन पाइँदैन।’ यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो।

सरकारले गर्ने निः शुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ। सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ।