कालीकोट। जिल्लाको तिलागुफा नगरपालिका(१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको हो। पहिरोमा परी मृत्यु हुनेमा सुभकालिका गाउँपालिका(७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन्।
तिलागुफा नगरपालिका(३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारा भैरहेको छ।