ईच्छुमति तरकारी बजार एक साताको लागि बन्द



काठमाडौँ। बागबजार (खसी बजार) स्थित रहेको तरकारी बजार समाज कल्याण परिषद्, भृकुटी मण्डप सञ्चालक समितिले एक साताको लागि बन्द गरेको छ।

तरकारी बजारमा कोरोना संक्रमितहरु बढ्दै गएपछि उच्च जोखिममा रहेको भन्दै सञ्चालक समितिले इच्छुमति कृषि ९तरकारी० बजार आजबाट १९ गतेसम्मका लागि सूचना टाँसेर बन्द गरेको हो।

बजार बन्द गर्ने थाहा पाएका उपभोक्ताहरुको विहान ४ बजेदेखि नै बजारको भृकुटीमण्डपतिरको गेटतिर तरकारी किन्नेहरुको घुँईचो देखिएको थियो। तरकारी बजारकै एक व्यपारी भन्दै थिए, ‘हुनेले खान्छन् नहुनेले तरकारी बेचेर जिविकोपार्जन गर्नु परेन, आज दिउँसोबाट खोलिएन भने, सबै मिलेर ढोका फोडिन्छ।’

त्यस्तै बागबाजरकी एक महिला व्यपारी भन्दै थिईन, ‘बजार बन्द गरेर हामीसँग भाडा लिने, कहाँबाट दिने उता घरभाडा तिर्नु छ, खानुपर्ने छ आयश्रोत यही हो धनीहरुको हेपाहा प्रवृत्ति। हामी जोगिएर बेच्छौं, किन्नेहरुले जोगिएर किन्नुपर्छ, यसरी कति जना व्यपारी र ग्राहहरुलाई छेक्ने खानु परेन, भोकै मर्नु।’

पद्मोदय छेउका दूध विक्री वितरण गर्ने एक जना भाइ भन्दै थिए, ‘विहान ४, ५ बजेतिर त हेरिनसक्नु भीड थियो, यस्तै पारा हो भने बागबजार, न्युप्लाजा, डिल्लीबजार, पुतली सड्क, सिंहदरबारतिर सबै सोतर हुन्छन् । यहाँको बसाईअनुसार एक घरमा एक जनालाई भेट्यो भने पुरै घरका मानिसलाई भेट्छ ओहो डरै लागेर आउँछ।’

सामाजिक दूरी कायम गर्दै चिया पिउँदै गफिएका ईलेक्ट्रिक पसलका विपिन भण्डारी, पत्रिका पसलका सरोज घिमिरे, होटल व्यवसायी सोवित खड्का, तयारी पोशाक उद्योग व्यवसायी शिव खड्काको भनाई भने सहज थियो।

उनीहरु तरकारी बजार बन्दको विषयमा भन्दै थिए– कोरोना नियन्त्रण वा न्युनिकरणको विकल्प बजार बन्द हैन, भोक र रोगले मानिस मर्नु भएन, व्यवसायीहरुले समाजिक दूरी कायम गरी विक्रि वितरण गर्ने र किन्ने उपभोक्ताहरुले माक्स लगाएर सामाजिक दूरी कायम गर्दै ए कपछि अर्को पालोगरी किनिदिँदा समस्या आउँदैन, यो तरकारी बजारमा त्यो चाँही देखिएन। बाजर बन्द गरेर भित्रका प्रत्येक पसल, सटर, कुना–काप्चाका ठाउँहरु र चारैतिरको रोडहरुमा गाडिबाट किटनाशक औषधि छरिएको थियो।