‘बुढो विदेश रैछ’ बोलको गीत बजारमा



काठमाडौँ। गायक तथा संगीतकार मिन प्रकाश वली र उषा कार्कीको ‘बुढो विदेश रैछ’ बोलको गीत बजारमा सार्वजनिक भएको छ।

सामाजिक घटनालाई चित्रण गरेर संगीत गरिएको यो गीतलाई मिन प्रकाश वलीले नै शब्द र संगीत तथा स्वर दिएका हुन्। गीतको एरेञ्ज राजु सुनामले गरेका छन्।

विक्रम चौहानको निर्देशन, प्रकाश खड्काले छायांकन गरेको उक्त गीतमा गायिका आफैले अभिनय गरेकी छिन भने साथमा भुपाल कार्की, कमला नेपाल, सरिता गुरुङ, दिपक लामाको अभिनय देख्न सकिन्छ।