वितेको २४ घण्टामा १२ जनाको मृत्यु, ८८४ कोरोना संक्रमित थपिए



काठमाडौँ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

उनका अनुसार अहिले देशभरि १६,५७८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्।