सुर्खेतको वीरेन्द्रनगरमा १२ दिनपछि निषेधाज्ञा हट्यो



सुर्खेत। कर्णाली प्रदेशकको राजधानी वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ।

यहि भदौ १ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड(१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले वीरेन्द्रनगरमा चल्ने सवारी साधनमा जोर(बिजोर प्रणाली लागू गरेको छ। त्यस्तै सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्न आहृवान गरेको छ।

पसल खोल्दा सामाजिक दुरी र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्न अनुरोध गरेको छ। साँझ ७ बजेपछि सवारीसाधन चलाउँन पाइने छैन। भेला, जुलुस, गोष्ठी, सेमिनार पूर्णरुपमा बन्द गरिएको प्रशासनले जनाएको छ।