काठमाडौँ। विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीह्रुको आज कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो।
राष्ट्रिय फोटोपत्रकार समूह ‘एनएफीजे’ नेपाल र फोटोपत्रकार क्लबमा आवद्धरहेका र विभिन्न सञ्चारगृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर कोभीड १९) को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको हो।
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो। देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको थियो।
देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ। पहिलो पङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तीव्र पारीएको छ।
एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले स्वास्थ सेवा विभाग टेकुलाई धन्यवाद दिएका छन्। उनले भने, ‘पीसीआर टेष्ट गर्नको लागि विषेश पहल गरि दिनुभएकोमा स्वास्थमन्त्रीका प्रेश संयोजक माधव तिवारीलाई विषेश धन्यवाद दिन चाहान्छौं।’
हाल काठमाडौँमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको महासचिव वन्तले बताए।