कोरोना अपडेट: ११ जनाको मृत्यु, ९२९ जना संक्रमित थपिए



काठमाडौँ। वितेको २४ घण्टामा ९२९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

१० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। थपिएकासँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

नेपालमा वितेको २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृतक १२ जनासहित हालसम्म कोरोनाबाट १९५ जनाको मृत्यु भएको छ। २० हजार २२४ जना संक्रमणमुक्त भएका छन्।