कालिकोट। नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगेन्द्र शाही (नेश्नल) ले आफ्नो ४०औं जन्मोत्सवका अवसरमा बिरामीहरुलाई फलफूल वितरणसँगै स्वास्थलाभको कामना गरेका छन्।
नेता शाहीले शुक्रबार आफ्नो ४०औं जन्मोत्सवको अवसरमा जिल्ला अस्पताल कालिकोटमा रहेका करिब दुई दर्जन बिरामीहरुलाई फलफूल प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्यलाभको कामना गरेका हुन्।
नेकपा प्रदेश कमिटी सदस्यसमेत रहेका नेता शाहीले कोरोना नियन्त्रण समिति जिल्ला अस्पताल कालिकोटका संयोजक कटक महतलाई पीसीआर मेसिन ल्याउने विषयमा ध्यानाकर्षण गराएका छन्।
नेता शाहीले भने, ‘विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमको बारेमा अस्पतालका सम्बन्धित अधिकारीहरुसँग कुराकानी भएको छ। पीसीआर मेसिन ल्याउने कुरामा अमेरीकामा रहेका गणेश न्यौपानेले सहयोग गर्छु भन्नु भएको छ। उहाँले आधिकारिक रुपमा अनुमति दिएको खण्डमा सहयोग गर्ने बताउनु भएको छ। यसका बारेमा पनि कुरा भएको छ।’