शैक्षिक समस्या समाधान गर्न अनेरास्ववियूको २१ बुँदे ध्यानाकर्षण



काठमाडौं। अनेरास्ववियूले शैक्षिकसत्र र ज्वलन्त शैक्षिक विषयका बारेमा शिक्षामन्त्रीलाई ईमेल मार्फत ध्यानाकर्षण गराएकाे छ।

संगठनका सहसंयोजक रन्जित तामाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत कोरोनाका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई वैकल्पिक तवरबाट सम्बोधन गर्न सरकारलाई अपिल गरिएको छ।

विषय: ज्ञापनपत्र

विश्वभरी फैलिरहेकाे काेराेना भाइरसकाे माहामारीका कारणले आज मुलुककाे समग्र क्षेत्र दिनप्रतिदिन तहस-नहस भइरहेकाे छ । भविश्यका कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्र झनै प्रभावित भइरहेकाे छ। चालू शैक्षिक सत्रकाे आधा समयावधि वितिसक्दा सम्म पनि काेराेना भाइरस संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएकाे छैन । जसकाे परिणाम स्वरुप र विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने लाखाैं विद्यार्थीहरुकाे भविष्य अन्याैल भइरहेकाे छ ।
महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहले देखि नै बिकल्पहरुबारे तयारी गर्नु जरुरी छ ।
अतः काेराेना महामारीका कारणले शैक्षिक क्षेत्रमा देखिएकाे अन्याैलतालाइ सापेक्षित रुपमा भए पनि सम्बाेधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरुले तत्काल निम्न विषयहरुमा ध्यानाकर्षण गराउन याे ज्ञापन पत्र पेश गरेका छाैं ।

विद्यालय शिक्षा

१) विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत बैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अबलम्बन गर्ने ।

२ )स्थानीय तहको निगारानीमा अनलाइन माध्यम वा भौतिक दुरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको ब्यवस्थित अभिलेखिकरण गर्ने ।

३) स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्वन्धित विद्यालयले सवै प्रविधिको पहुंच नभएका ,रेडियो/एफ.एम.मा पहुँच भएका ,टेलिभिजनमा पहुच भएका ,कम्प्युटर /मोबाइल भएका तर अनलाइन पहूंच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाई प्रणालीलाई प्रभावकारीताका साथ ब्यवस्थित गर्ने।

४) शिक्षा मन्त्रालयले असार १ गतेवाट लागू गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका ०७७ को ब्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरि त्यसलाई औपचारिक शैक्षिकसत्रको अंग वनाउने गरि तयारी अघि वढाउने ।

५) नयाँ सन्दर्भमा विद्यालय तहकाे पाठ्यक्रम र पाठ्यभारलाई परिमार्जन गरि दशैंतिहार लगत्तै पठनपाठनकाे शुरुवात गर्ने । काेराेना महामारी नियन्त्रण भयाे भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध बैकल्पिक सिकाइ प्रक्रियालाई अघि वढाउने ।

६ )कक्षा १२ काे परीक्षाकाे लागि हाेम सेन्टरकाे व्यवस्था गरी असाेज महिनामा गर्ने गरी तयार गर्ने । काेराेना सहज भएमा हाेमसेन्टरकाे व्यवस्था गरी जतिसक्दाे छिटाे परीक्षा सञ्चालन गर्ने । सहज नभएकाे सन्दर्भमा बैकल्पिक माध्यमबाट परीक्षा लिने । त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मुल्याङ्न गर्ने र वांकी ५० प्रतिशत अनलाईन भाइवर तथा Open book Exam आदि प्रणाली अबलम्बन गर्ने ।

७ )अझैपनि पाठ्यपुस्तक नपुगेका विद्यार्थीहरु भएका ठाउँमा अविलम्ब पुर्याउन विशेष व्यवस्था गर्ने ।

८ ) शैक्षिक वातावरण बनाउन आइसाेलेशन र काेरिन्टिनहरु रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्ने तथा काेरेन्टिनहरुकाे बैकल्पिक व्यवस्था गर्ने ।

९ )संस्थागत विद्यालयहरुकाे हकमा अनलाईन कक्षाहरुकाे शुल्क निर्धारण गरि कार्यन्वयन र अनुगमन गर्ने । तर विद्यार्थीले नलिएका सुविधा र शिर्षकमा अनावश्यक शुल्क लिन नपाइने ।

१० )अनलाइन शिक्षा लगायतका विशेष शिक्षाकाे लागि विशेष याेग्यता भएका विशेष जनशक्तिलाई करारमा भर्ति गर्ने र स्वयंसेवक शिक्षकको भर्तिकाे व्यवस्था गर्ने ।

११) कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको SEE ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षकाे मापदण्ड अनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने ।

विश्वविद्यालय तह

१२. त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरुमा यस वर्षको शैक्षिक सत्र कायम हुनेगरी बैकल्पिक पढाइ र परीक्षा प्रणालीकाे तयारी शुरु गर्ने ।

१३. अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीकाे तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्ने । संकायकाे सापेक्षतामा पढाइ र परीक्षाकाे विशेष व्यवस्था गर्ने ।

१४.पठनपाठनकाे हकमा स्वत: सेमेस्टर अपग्रेड गर्ने र सहज भएकाे समयमा क्रमसः बांकी रहेका सबै समेस्टरहरुकाे परीक्षा गराउने ।

१५) अन्तिम परीक्षाकाे हकमा पनि विशेष र बैकल्पिक प्रणाली लागू गर्ने ।

१६. रिक्त रहेका विश्वविद्यालयहरुमा यथासिघ्र पदाधिकारी नियुक्ति गर्ने ।

१७. सरकारले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाइ सुपथ रुपमा एनटिसि तथा एनसेल डाटा प्याककाे व्यवस्था गर्ने ।

१८. सम्पुर्ण विश्वविद्यालयहरुले मातहत कलेजलाई आफ्ना सम्पुर्ण विद्यार्थीलाई सम्पर्कमाल्याई वैकल्पिक सिकाईका माध्यमबाट पठन पाठन कार्यलाई नियमित गर्ने।

१९. सम्पर्ण शिक्षण संस्थाहरुमा काेराेना भाइरस संक्रमणबाट बच्ने उपायाहरुकाे पूर्व तयारी गर्ने ।

२०. नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु बैकल्पिक प्रणालीद्वारा सञ्चालनकाे व्यवस्था गर्ने ।

२१) MD/MS/MDS लगायत स्वास्थ्यका स्नातकोत्तर तहका रोकिएर सम्पुर्ण प्रवेश परीक्षाहरुकाे बैकल्पिक व्यवस्थाद्वारा सञ्चालन गर।