कोहलपुर नपाका सडकहरूको दुर्दशा (फोटो फिचर)



कोहलपुर (बाँके)। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकहरू जिर्ण बन्दै गएका छन्।

नगरपालिकाको मुख्य बजार र आसपासका सडकहरू खाल्डामय बनेका छन्। त्यसरी परेका खाल्डाहरू र वर्षायाममा खाल्डाहरुमा भरिने पानीका कारण सवारी दुर्घटनाको जोखिम उच्च रहेको छ।

चौराहा चोकको मुख्य सडक, नगरपालिका कार्यालय अगाडीको सडक, कोहलपुर-१२ र १३ को वडा कार्यालय अगाडीको सडकलगायत चप्परगौडी क्षेत्रका सडकहरूको अवस्थासमेत एकदमै जिर्ण देखिन्छ।

नगरपालिका क्षेत्रभित्रका सडकहरूको मर्मतसम्भार तर्फ कोहलपुर नगरपालिका र सडक विभागको नजर पुग्न सकेको छैन भने सरकारले सडक टालो हालेर जनताको आँखामा छारो हाल्ने काम गरेको स्थानीयको आरोप छ।

तस्बिरमा हेर्नुहोस् यी सडकहरूका दुर्दशा

तस्बिर: दिपेन्द्र हमाल