काठमाडौं। जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिने भएका छन्। प्रधानमन्त्री पदको कार्यकाल सकिन एक वर्ष बाँकी नै छँदा आबेले राजीनामा दिने भएका हुन्।
जापानी मिडियाका अनुसार उनले शुक्रबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। ६५ वर्षीय प्रधानमन्त्री पछिल्लो केही समयदेखि नै बिरामी हुँदैआएका थिए। दुई साता उनलाई दोस्रो पटक अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएको थियो।
जापानी मिडियाले विभिन्न स्रोतको हवाला दिँदै सिन्जोले आफ्नो स्वास्थ्यका कारण सरकारको नियमित काममा असर नपरोस् भनेर राजीनामा दिन लागेको जनाएका छन्। आबे जापानमा सबैभन्दा लामो समय लगातार प्रधानमन्त्री हुने पहिलो नेता हुन्।