काठमाडौँ। वितेको २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमणपुष्टि भएको हो। बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए।
मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन्। कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए।
यसैगरी काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।
कोरोना भाइ रस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन्। हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन्।