बहुविवाह मुद्दाका प्रतिवादी सात वर्षपछि पक्राउ



बझाङ। जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका ३ बस्ने ३४ राजेन्द्रबहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका(९ देवलबाट पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ।