काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ।
आज बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय भएको भन्दै विजुली गतिमा हल्ला फैलिएको छ।
सामाजिक सञ्चाल प्रयोगकर्ताहरुले कुलमानको तस्बिर राखेर बधाई दिन हतार गरेको देखियो। उर्जा मन्त्रालयले नै प्रस्ताव नलिएको उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन्।
उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो। उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ। यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ।