१४ वर्षीया बालिका कर्णाली नदीमा बेपत्ता


कालिकोट। जिल्लाकाे पलाँता गाउँपालिकाको थिर्पुकि १४ वर्षीया बालिका स्थापना बम कर्णाली नदिमा नुहाउने क्रममा ढुबेर बेपत्ता भयकी छन्।

आइतबार बेपत्ता भएकी बालिकाकाे खाेजि कार्य भईरहेकाे ईप्रका कार्यालय थिर्पुले जनाएकाे छ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमका अनुसार बर्खायाममा कर्णाली नदिकाे बहाफ बढीरहेकाले यस्ता घटनाहरु धेरै घट्ने संम्भावनाहरुबाट सबै सचेत रहन अाग्रह गरेका छन्।

बेपत्ता बालिकाको घरपरिवारलाई धैर्य रहन र खोजी कार्यलाई तीव्र पार्न अनुरोध गरेका छन्।

साथै बालिकाकाे खाेजि कार्यका लागि पलाँता सरकारले गर्नुपर्ने सम्पुर्ण सहयोग रहने बमको भनाई छ।