काठमाडौँ। वितेको २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रतिम थपिएका छन्। त्यस्तै तीन जनाको मृत्युको छ। नेपालमा मृत्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन। कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन्। देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन्।