भुपेन्द्रजंग शाही: प्रदेश सभापति कि केन्द्रीय सहमहामन्त्री ?



काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रदेश स्तरमा पनि नेतृत्वका लागि आकाक्षीहरुले आफ्नो सम्भावित पदका बारेमा बोल्न थालेका छन्।

संघीय संरचना अनुसार कांग्रेसको परिवर्तित विधानअनुसार प्रदेश अधिवेशनमा प्रदेश कार्य समितिसहित सात वटा प्रदेश सभापति पनि चयन गर्ने ब्यबस्था छ।

यसै अन्तर्गत कांग्रेसको कर्णाली प्रदेश सभापतिमा युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने भएका छन्। नेबिसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री ,२०७० सालमा संविधान सभा सद्स्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भैसकेका शाहीले प्रदेश सभापतिका लागि तयारी थालेको जानकारी दिएका छन्। कांग्रेसले आफूलाई कर्णाली प्रदेशको सभापतिमा अघि नसारे पार्टीको केन्द्रीय सहमहामन्त्रीका लागि मैदानमा उत्रिने आन्तरिक तयारी थालेका छन्।

राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिनसंघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन नेतृत्वको दौडमा उत्रिएका छन्।

कांग्रेसको आगामी महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाचो रहेको उनको बुझाइ छ। पार्टीभित्रको गुटबन्दी, नाताबाद, भागबन्डा, ब्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीबादको राजनीति अन्त्यका लागि आफ्नो उम्मेदवारी रहने शाहीको भनाइ छ।

शाहीले अहिलेको युग सुचना र प्रबिधिको युग भएकाले नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नुपर्ने बताएका छन्। शाही कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्रीमा पनि उम्मेदवारी दिने बताएका छन्।