सर्लाही। आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका २ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बुबा उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।