काठमाडौँ। नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा गीत बनेको छ।
लोकप्रिय गायक सुरेश शाहीको शब्द, संगीतमा तयार पारिएको ‘विद्युत प्राधिकरणमा कुलमानकै खाँचो’ बोलको गीत बजारमा आएको छ। यही भदौ २९ गते कुलमानको कार्यकाल सकिँदैछ। उक्त निधारित पूर्वसन्धामा उक्त गीत बजारमा आएको छ।
वीरेन्द्र भाट (विपीन) को निर्देशन रहेको गीतमा Mohan Niraula/Krishna Kandel/ Krishna Bhakta Naharjan/ Mitharam K. C./ Rabindra Baral/ Suraj Chapagain Bandre/ Pushpa Bohara/Sobha Tripathi/Marichman Shrestha/ Arjun Kunwar/ Surendra Singh Bist/ Niruta Khatri/ Bhanmati Chand/ Prabin Baral/Duryodhan Basnet/ Dipak Pyakurel लगायतका कलाकारहरुको अभिनय रहेको छ।
यो पनि पढ्नुहोस
कुलमानलाई दोस्रो कार्यकालका लागि किन नियुक्त नगर्ने?
तत्कालिन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले ११औं नम्बरका कुलमानलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो।
लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ।
सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन्। लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन्।
यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन्।