बलात्कृत बालिकाको गर्भ पतन गराउँदा ज्यान जोखिममा



कालिकोट। जिल्लाको रास्कोट नगरपालिकाकि एक १८ वर्षीया बालिकालाई गर्भ पतन गराउँन खोज्दा उनको ज्यान जोखिममा परेको छ।

रास्कोट नगरपालिका–४ बसन्तपुरका ५१ वर्षीय नमराज शाहीद्वारा बारम्बारको बलात्कारपछि गर्भ रहन पुगेको थियो। पीडक शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी परेको दलित अधिकारकर्मी सुरु सुनारले जनाएकी छन्।

अधिकारकर्मी सुनारले पीडितलाई न्याय र पीडकलाई कानूनी कारबाही गर्न कालिकोट प्रहरीले विलम्ब गरे आफू स्वयं घटना स्थलमा पुग्ने चेतावनी दिएकी छन्।

दलित थरकी पीडित बालिकालाई आरोपितले ०७७ जेठ महिनादेखि लगातार बलात्कार गर्दै आएको खुलेको छ। बलात्कापछि बालिकाको पेटमा चार महिनादेखि बच्चा रहेको थियो।

पीडित बालिकाको गर्भपतनपछि अत्यधिक रक्तश्राव भएका कारण स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ।

पीडितका बुबाले दिएको उजुरी दिएको र पीडितसँग थप जानकारी लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्याम ओलियाले जानकारी दिए।