वितेको २४ घण्टामा ९ को मृत्यु, ६३४ जना कोरोना संक्रमित थपिए



काठमाडौँ। नेपालमा वितेको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या आजसम्म एक सय ४६ पुगेको जनकारी दिएका छ।

त्यस्तै वितेको २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित फेला परेका छन्। आजसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ। अहिले देशभरि १२,६२१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा १२,५१९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १३६ जना भाइरसमुक्त प्रमाणित भए। परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि मन्त्रालयका अनुसार अहिलेसम्म १८,३५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा ११, ६५८ जना छन्। अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तर मयाग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।