विपीनको निर्देशनमा ‘सुदूरपश्चिम मेरा कलेजीमा’



काठमाडौँ। लोकप्रिय गायक विमलराज क्षेत्री, चाँदनी मल्ल र शंकरसिंह बिष्टको युगल स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ।

माधव बिष्टको लय शब्द रहेको ‘सुदूरपश्चिम मेरा कलेजीमा’ बोलको गीत वीरेन्द्र भाट (विपिन) ले म्युजिक भिडियो निर्देशन तथा सम्पादन गरेका छन्।

गीतका दृश्यहरु रामसिंह भाटले क्यामेरामा कैद गरेका हुन्। गीतमा शंकरसिंह बिष्ट र चाँदनी मल्लको अभिनय देख्न सकिन्छ।