‘दिव्य मुस्कान शितल छहारीझैं लाग्यो’



गजल

दिव्य मुस्कान शितल छहारीझैं लाग्यो।
ढाढस पनि चम्किलो बिहानीझैं लाग्यो।

भैरहदा आनाकानी जानाजानी प्रेममा।
मुटुसँग धड्कनको खेलाँचीझैं लाग्यो।।

बधाई साटिन् तरक्कीको मिठाईसँगै।
खसेका शब्द किन तिते पातीझैं लाग्यो।।

आफ्नै मन् चैन खोस्छ सुर्ता बढाइदिन्छ।
भिजेको सिरानी घनिष्ठ साथीझैं लाग्यो।।

निर्धोलाई लल्कार्दै हराएछौ मैदानमा ।
बलिष्ठ१ त्यो समयको बर्बादीझैं लाग्यो।।