काठमाडौँ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका अगुवापछुवा ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हो।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ।
गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो। संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले जानकारी दिएका छन्।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो ।