कर्णाली प्रदेशमा ६२ कोरोना संक्रमित थपिए



जुम्ला। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा ६२ जना कोरोना संक्रमिथ थपिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ५२ जनासहित ५६ जनामा संक्रमण पुष्टि भएको हो। सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना, चन्दनाथ नपाका ३ र कनकासुनदरी गापाका एकजनाको रिपोर्ट पोजेटिभ आएको छ।

त्यस्तै सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

शुक्रबार थपिएकासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ। हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ।