अब लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने



काठमाडौँ। अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा भर्ना गरिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्री परिषदको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ। यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको तयारी छ।

लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ।

त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन्। प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ।