कोरोनाबाट ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए



काठमाडौँ। वितेको २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ। काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन्।

त्यस्तै कोरोना भाइरस सङ्क्रमणबाट सर्वाधिक ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो हालसम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु हो। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ।