कोहलपुर। १७ माघ २०७६ मा नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमाथि कडाइ गर्ने निर्णय गर्यो। फेसवुक, ट्वीटर, यूट्युव जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ विज्ञापन गर्दा अवैधानिक भुक्तानी हुने भन्दै राष्ट्र बैंकले सामाजिक त्यस्तो विज्ञापन नगर्न सचेत गराएको थियो।
सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकको नियम छ। तर, राष्ट्र बैंकको निर्देशन विपरित सामाजिक सञ्जालमा सानादेखि ठूलो रकमको विज्ञापनहरु गर्ने कार्य भने रोकिएका छैन।
यसको मथलव विज्ञापन गर्नै पाईंदैन भन्ने होइन। तर, राष्ट्र बैंक वा निमयन निकायसँगको अनुमति बेगर सामाजिक सञ्जाल मार्फत विदेशी भुक्तानी गर्न पाईँदैन। अन्य पेशा व्यवसायहरुको प्रसँगलाई थाती राखेर गीतसंगीत विधाको कुरा गर्ने हो भने अनुमति नलिएर सामाजिक सञ्जालमा विज्ञापन गर्नेमा सबैभन्दा धेरै कलाकारहरु भेटिन्छन्। स्वअनुसाशन र भगवान् भनिने दर्शकसामू कलाकारहरुले बिना विज्ञापन लोकप्रिय बन्नुपर्ने नैतिक प्रश्न पनि छ।
फेसबुक चलाईरहँदा चर्चित कलाकारहरुको फेशबुक पेजमा ‘स्पोन्सर्ड’ देखिने गीतहरु बारम्बार होदोरी रहन्छन्। देशका गहना भनेर चिनिने प्राय कलाकारहरुले सम्बन्धित निकायसँग अनुमति नलिएरै सरकारी नीतिको खिलापमा गैर कानूनी विज्ञापन गरिरहेकाे देखिन्छ। अर्को तर्फ स्रोताहरुलाई ‘खाए खा नत्र घिच’ को अवस्थामा पार्ने काम भइरहेका छन्। म्युजिक भिडियो अपलोड गरेको २४ घण्टामा युट्युव ट्रेड्निङमा पुर्याउने होड चलेको देखिन्छ। एकाध गीत बाहेक यसरी विज्ञापन नगरिकन राम्रा गीतहरु बजारमा बिग्न छोडेको अवस्था छ।
विज्ञापन नगरिकन गीत हिट बन्छ र आफ्नो कलाले स्रोताको मन जित्नुपर्छ भन्ने भावना र विश्वास कलाकारहरुमा छैन। गीत निमार्ण गर्दाको भन्दा सामाजिक सञ्जालमा गीतको विज्ञानपन गर्ने कार्यमा बढी खर्चिएको पाइन्छ। गीतको स्तर, कलाकारहरुको कला, संगीतको गुणात्मक परिणामलाई नजरअन्दाज गर्ने र लाखौं खर्चेर विज्ञापनको भरमा हिट हुनुमा कलाकारहरु खुशी देखिन्छन्।
जबरजस्ती विज्ञापन मार्फत गीतहरु युट्युवको ट्रेडिङमा पुर्याउने अनि दर्शकले मन पराएर एक नम्बरमा पुर्याइदिएको भन्दै धन्यवाद दिएको देखिन्छ। सरकारी नीतिलाई पालना नगरेको अभियोग लाग्लाकी भन्ने कुरालाई कलाकारहरुले नजरअन्दाज गरेको पाइन्छ।
यता विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेशीने कार्य नरोकिएको स्वीरकार गर्छन्।
मिश्र भन्छन्, ‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो। ‘अनुमतिबिना यसरी भुक्तानी गरे विदेशी विनिमय नियत गर्ने ऐनअनुसार कारबाही हुन्छ।’
त्यस्तै नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा.गुणाकर भट्ट सामाजिक सञ्जालमा गरिने अवैधानिक विज्ञापनलाई रोक्न र व्यवस्थित गर्न कार्यविधि बन्ने तयारीमा रहेको बताउछन्।
उनली भन्छन्, ‘सामाजिक सञ्जालमा भइरहेको अवैधानिक विज्ञानपनलाई रोक्न र व्यवस्थित गर्न कार्यविधि बन्दैछ। कोरोना महामारीलगायतका कारणले यस्ता कार्यहरुमाथि नियमन गर्न सकिएको छैन।’
पछिल्लो समयमा सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ। २७४ सालको निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा २० करोड खर्च गरेको अनुमान गरिएको थियो।
देशका सर्वप्रिय कलाकारहरुले नै सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइन्छ। अन्जु पन्त, सुगम पोखरेल, नायक पुष्प खड्का, नायिका वर्षा राउत, चर्चित लोक दोहोरी गायक रामजी खाँड, गायक कुलेन्द्र बिक, टिका सानु, मोडेल सारिका केसी, गायिका समिक्षा अधिकारी, एलिना चाैहान, चक्र बम, विमल अधिकारी, दुर्गेश थापा, सम्झना लामिछाने मगरलगायतका कलाकारहरुको लाइक पेज मार्फत गीतहरुको बुष्ट गरिएको देखिन्छ।
आश्चार्यको कुरा के भने अधिकांश कलाकारहरुलाई यसरी सामाजिक सञ्जाल मार्फत विज्ञापन गर्नु गैर कानूनी कार्य हो भन्नेसमेत थाह नभएको पाइयो। कलाकारिता क्षेत्रलाई सुन्दर बनाउने, बिना विज्ञापन सामाग्रीहरु बजारमा पठाउने इमान्दारिताको कमी कलाकारहरुमा देखिएको कुरा सत्य हाे।