काठमाडौँ। ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
शुक्रबार मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।
त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ।