जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार जुम्लाको हिमा गाउँपालिकाको स्वाव परिक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको छ।
करिब ९४ जनाको स्वाव परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले पुष्टि गरेका छन्। डा.रावलका अनुसार केही दिन अगाडि जुम्लाको हिमा गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङ्गका क्रममा बुधबार ९४ जनाको स्वाव संकलन गरिएको थियो।
उक्त स्वाब मध्य ५१ जनामा कोरोना पोजेटिभ देखिएको रावलले बताए। डा.रावलले कठिनपूर्ण संकटको पुर्व दृश्यको संकेत भएको टिप्पणी गरेका छन्। उनले कर्णाली सन्देशसँग कुरागर्दै यो भयंकर संकट्को पुर्व दृश्य भएको बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकको टोलि गाउँ बस्तिमा सचेतना जगाउँदा पनि स्थानीय बासिन्दाको लापरबाही र चाडपर्वको नाममा भेला जमघट गर्न नछोडेका कारण कोरोना संक्रमण झन् खतरा बनेको छ।
यो महामारिबाट बच्न जमघट भेला नगर्न रावलको आग्रह रहेको छ। हाल प्रतिष्ठानको आइसोलेशन १४ जना संक्रमित रहेका छन्। बिहिबार पोजेटिभ देखिएका संक्रमितलाई प्रतिष्ठानमा ल्याउने तयारी रहेको छ। बिहिबार नै कालिकोट नाग्माका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ।