नेकपाकी नेता उमा भुजेल सप्तरीबाट पक्राउ



सप्तरी। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी नेता उमा भुजेल सप्तरीबाट पुनः पक्राउ परेकी छन्।

४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ। भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी नेता भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारखेमा रिहा गरेको थियो। यसअघि पनि भुजेललाई विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अड्डासार गर्ने गरेको थियो।